दाङ जिल्लाको संक्षिप्त परिचय

भूगोल

दाङ जिल्ला नेपालको राजधानी काठमाडौ देखी सडकमार्ग वाट करीव ४२५ किलोमिटर पश्चिम दक्षिणमा

अवस्थित छ । तथापी दाङ र काडमाडौको हवाई दुरी भने करिव २८० किलोमिटर पश्चिम दक्षिण मात्र रहेको छ ।

यो जिल्ला राप्ती अंचलको सवैभन्दा महत्वपुर्ण आर्थिक सम्भावना, सामाजिक स्थिति एवं ऐतिहसिक तथा

सांस्कृतिक दृष्टिकोणले नेपालकै प्रमुख जिल्लाहरु मध्ये एक जिल्ला हो ।

नेपालको मानचित्रमा ८२˚२’ देखि ८२ ˚ ५४’ सम्म पूर्वी देशान्तर र २७ ˚ ३६’ देखि २८ ˚ २९’ सम्म उत्तरी

अक्षांश बीच फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल २,९५५ वर्ग कि.मि. छ । यस जिल्लाको दक्षिणी सिमानामा

भारतको उत्तर प्रदेश पर्दछ भने उत्तरमा राप्ती अञ्चलकै सल्यान, प्यूठान र रोल्पा जिल्लाहरु पर्दछन्। त्यसै गरी

पूर्वी सिमानमा राप्ती अञ्चलको प्यूठान र लुम्बिनी अञ्चलका अर्घाखाँची तथा कपिलवस्तु जिल्ःलाहरु पर्दछन्भने

पश्चिममा राप्ती अञ्चलकै सल्यान र भेरी अञ्चलको बाँके जिल्लाहरु पर्दछन् । भौगोलिक रुपमा यस जिल्लामा

भित्री मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिर वाट घेर्ने साना तथा मध्यम पहाडहरु समेत वाट निर्मित

दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । यी उपत्यकाहरु मध्ये उत्तरी अर्थात

मथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् । यी दुवै

उपत्यकाहरु पुर्व–पश्चिम भै फैलिएर रहेका छन्। दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र

परिचित मात्र नभै एसियाकै ठूला उपत्यकाहरु मध्ये एक मानिन्छ । दाङ उपत्यका महाभारत र चुरे पहाडको

विचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला विचमा रहेको छ ।

यस जिल्लाको दक्षिण–पुर्वी भेकमा पर्ने सिसहनिया गा.वि.स.को भानपुर जिल्लाकै सवैभन्दा न्यूनतम उचाई विन्दु (

समुद्र सतह वाट २१३ मीटर) रहेको क्षेत्र मानिएको छ भने जिल्लाको पुर्वी सिमानामा पर्ने दुर्गम पहाडी हाँसीपुर

गा.वि.स.कोअर्खलेजिल्लाको अधिकतम उच्च विन्दु (समुद्र सतह वाट २०५८ मीटर) रहेको स्थान मानिएको छ ।

जिल्लाको औसत लम्बाइ (पूर्व–पश्चिम) ९० कि.मि. छ भने औसत चौडाइ (उत्तर–दक्षिण) ७२ कि.मि. रहेको छ ।

राप्ती र ववई यस जिल्ला भै वग्ने ठूला नदिहरुको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका

देउखुरीको पूर्व वाट पश्चिम भएर वगेको छ भने ववई दाङ उपत्यकाको दक्षिणमा रही पुर्व वाट पश्चिम तर्फ । यी

नदीहरु वाहेक यस जिल्ला भएर वग्ने खोला नालाहरुमा कटुवा खोला, सिस्ने खोला, सेवार खोला, हापुर खोला, पत्रे

खोला, संग्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, आदी प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल,

तलाउ तथा दहहरुमा बाह्रकुने दह, तप्त कुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटे दह, किचेनी दह, ज्यामिरे दह, पर्दछन्

भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन्।

नेपालको मानचित्रमा दाङ भारत संग जोडिएता पनि यहाँ अन्य तराईको दाँजोमा गर्मीको महसुस कम हुन्छ ।

जिल्लाको दक्षिणमा पर्ने देउखुरी तथा सो भन्दा दक्षिणीक्षेत्रमा उष्ण प्रकारको जलवायु ९त्चयउष्अब िऋष्mिबतभ० छ भने

उत्तरी क्षेत्रमा पर्ने दाङमा उपोष्ण प्रकारको जलवायु ९क्गद(त्चयउष्अब िऋष्mिबतभ० रहेको छ । त्यसैगरी जिल्लाको

उत्तरी पहाडी क्षेत्रमो शितोष्ण प्रकारको जलवायु ९त्झउभचबतभ ऋष्mिबतभ० रहेको छ । यहाँको वायुमण्डलको

सापेक्षिक आर्द्रता कम भएका कारण हावा सुख्खा महसुस हुन्छ । जिल्लाको कुल क्षेत्रफलको करिव दुई–तिहाई

क्षेत्रफल (१९२९.५५वर्ग कि.मि.) वनजंगलले ढाकेको छ भने कृषि क्षेत्र, अनुत्पादित क्षेत्र र चरिचरण क्षेत्र क्रमशः

६९९.५, २०४.४५ र १२९.५ वर्ग कि.मि. रहेको छ । यहा कोइला र चुनढुङ्गाका साथै तामा, मट्टितेल लगाएतका

खनिज पदार्थको प्रचुरता रहेको मानिन्छ । जिल्लाको महाभारत तथा दाङ उपत्यकामा चिम्ट्याईलोमाटो, चुरे क्षेत्रमा

वलौटे दुमट माटो र देउखुरी उपत्यकामा दुमट माटो पाइन्छ । यहाँका खोलानालाहरुमा प्रसस्तमात्रामा वालुवा, ढुङ्गा

तथा यी दुवैको मिस्कट पाइन्छ ।

ऐतिहासिक सन्दर्भ

दाङ जिल्ला भनेर चिनिने यस क्षेत्रले दाङ र देउखुरी नामक दुईवटा उपत्यकाहरुका साथै यी उपत्यकाका वरिपरि

रहेका पहाडी क्षेत्रका र तिनीहरुको पानी ढलीलाई बुझाउदछ । पहाडहरुका वीचमा रहेको मैदानी भू–भागलाई

बुझाउने संस्कृतको ‘द्रोण’ शब्दबाट ‘दाङ’ शव्दको उत्पत्ति भएको र पहिलो बस्ती ‘देवपुर’ शव्दबाट ‘देवपुरी’ शब्द

उत्पत्ति भएको र सो शब्द अपभ्रशं भै ‘देउखुरी’ शब्द बनेको मानिन्छ (स्व. श्री टेकनाथ गौतम) ।

थारुजातीका मानिसहरु दाङ जिल्लाका प्रथम वासिन्दा मानिन्छन्र यिनीहरु यस जिल्लामा पश्चिम–दक्षिणबाट यहाँ

आएर बसेको मानिन्छ । थारुहरु पछि यस ठाउँमा आएर वसोवास गर्नेहरुमा दोश्रो स्थानमा बाहुनहरु जातिका

मानिसहरु थिए । त्यस पछि मात्र अन्य जात–जातिका मानिसहरु पहाडबाट यहाँ आई वसोवास गर्नथालेको

मानिएको छ । वि.सं. २०१४ सालसम्म पनि यस जिल्लामा थारुहरुको वाहुल्यता थियो भने दोस्रोस्थान बाहुनको

थियो । त्यसपछि मात्र अन्य जात–जातीका मानिसहरुको उपस्थिति रहेको थियो । नयाँ मुलुकमा (वाँके, वर्दिया,

कैलाली र कञ्चनपुर) जमिन आवाद गर्न पाइने व्यवस्थाले गर्दा यहाका प्रथम वासिन्दाका रुपमा परिचित तथा

व्यापक वाहुल्यतामा रहेका थारुजातिका मानिसहरु नयाँ मुलुकतर्फ वसाई सराई गर्न लागे । सो को लगत्तै बिर्ता

उन्मुलन हुनुका साथै छोटो समयको अन्तराल भित्रै भूमीसुधार कार्यक्रम पनि सुरु हुन थाल्यो जसलेगर्दा थारुहरुले

आफ्नो स्वामित्वमा रहेको जमिन धमाधम बेच्न लागे । साथसाथै दाङमा औलो उन्मूलन कार्यक्रमका कारण

औलोको प्रकोपमा कमी आई औलोको कारण वाट हुनसक्ने मृत्युको डर पनि कम हुदै जान थाल्यो, यस पछि

थारुहरुले छाडेको जमिनमा पहाडबाट वसाईसराई गरी आउने अन्य जातजातीका मानिसहरुको ओइरो लाग्न

थाल्यो । फलस्वरुप थारुहरुको वाहुल्यतामा कमी हुन थाल्नुका साथै अन्य जात–जातिहरुको उपस्थिति पनि देखिन थाल्यो।

धेरै पहिले देखि नै दाङको उत्तरी काँठ पहाडी राजाहरुका अधिनमा थियो भने दक्षिणको मैदानी भु–भाग थारु

राजाका अधिनमा थियो । बिक्रमको १४औं शताब्दी को आखिरी तिर यो जुम्लाको अधिनमा थियो । पछि

वि.सं.१४८० तिर सवारीकोटका राजा रतनपाण्डेले थारुको राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित (कतिपय पुस्तकहरुमा रत्न परिक्षक लेखिएको पाइएको छ ) नामले दाङका राजा भए ।

रत्न परिक्षितको छोरा नभएकाले उनले केही समयपछि बझाङबाट राजकुमार झिकाई आफ्ना ठाउँमा राजाको

रुपमा स्थापित गराएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे ।

रतननाथले दाङ छाड्दा यस राज्यको विस्तार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसीपुर

भनिने इलाका सम्म थियो । विक्रम सम्वत्१८४३ मा नेपालको एकिकरणका क्रममा दाङका राजा नवल सिंहले

गोर्खाली संगको तापाकोलडाईमा (तापा हाल काभ्रे गा.वि.स.मा पर्दछ) विरगति प्राप्त गरे ।

पछि उनका राजकुमार दिलेर सिंहले दाङकोपुरै क्षेत्रकोरक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तुलसीपुरको समथर

मैदानी भू–भाग मात्र बचाई त्यहीका राजा भएर बसे । गोर्खालीले जितेको दाङको देउखुरी क्षेत्र पृथ्वीनारायण

शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए । वि.सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ

पनि नेपालमा मिल्यो । वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजाका बंशज

तेजबहादुर शाहलाई ‘राजा’ पद र पश्चिमी दाङको क्षेत्र फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ खण्डीत

भयो ।

नेपाल एकिकरण पछि दाङ जिल्ला सल्यान गौंडाका मातहतमा थियो । वि.सं. १९३८ सालमा दाङको मैदानी

भागलाई तौलिहवा गोश्वाराका मातहतमा, वि.सं. १९९६ सालमा भैरहवा गोश्वाराका मातहतमा र वि.सं. २००३

सालमा नेपालगंज गोश्वाराका मातहतमा राखिएको थियो । वि.सं. २००७ सालसम्म यस जिल्लामा माल, अदालत,

हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । वि.सं. २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम

रहन थाले । वि.सं. २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ मानिए पछि यहाँ अञ्चलाधिस रहन थाले ।

वि.स. २०१८ सालमा फलावाङ राज्यको उन्मूलन भयो । त्यसपछि दाङको पश्चिमी भाग र पहिले देखि नै

सल्यानमा रहेको दाङको उत्तरी पानी ढली वि.सं. २०३० सालतिर दाङमा मिल्यो त्यसपछि मात्र दाङ आजको

अवस्थामा आएको हो।

धार्मिक सांस्कृतिक सन्दर्भ

यस जिल्लामा हिन्दूहरूका लागि दाङ र आसपासका जिल्लाहरुमा समेत ख्याति पाएका मन्दिरहरू रहेका छन् ।

यसका अलावा वौद्ध, इस्लाम तथा क्रिश्चियन धर्म संग सम्वन्धित धार्मिक संस्थाहरु समेत निर्माण हुन थालेको

।। दाङ जिल्लाको २४ औं जिल्ला परिषद्मा पेश भई पारित गरिएका बजेट, कार्यक्रम, नीतिहरु ।। ्र घ

पाइन्छ । हिन्दु धर्मका संस्थाहरु मध्ये अम्विकेश्वरी मन्दिर घोराही–५, अम्वापुर), कालिका भगवती मन्दिर घोराही–६,

मसिना), शिद्धरत्ननाथ पिठ घोराही–४, चौघेरा), पाण्डवेश्वर शिव मन्दिर (धारपानी, धर्ना–१), बराहक्षेत्र वाह्रकुने

ताल (घोराही–७ सेवार), गढीटाकुरा मन्दिर (हापुर–९, नारेवाङ), जाल्पादेवी मन्दिर (रामपुर–५, हर्नोक), कालिका–

मालिका मन्दिर (विजौरी–९ छिल्लीकोट), बगार बाबा मन्दिर (सतवरिया–८, रिहार), वागेश्वरी मन्दिर (स्युजा–८,

उजा), देवीकोट मन्दिर (हाँसीपुर–२ देवीकोट), शुक्रेश्वरी मन्दिर (उरहरी–९ सुकौरा), शिद्धेश्वर शिव मन्दिर (

उरहरी–२ सितलपुर), त्रिसिद्धेश्वरी मन्दिर (तुल्सीपुर–६), ॐ शिरडी साई मन्दिर घोराही–११, घोराही), राधाकृष्ण

मन्दिर (तुल्सीपुर–९ दुधेना), सत्यसाई केन्द्र घोराही–११, घोराहीवजार) रामजानकी मन्दिर (कोइलावास–२

कोइलावास) आदि प्रमुख मन्दिरहरु हुन्। यी मन्दिरहरु वाहेक अन्य थुपै्र मन्दिरहरु यस जिल्लामा अवस्थित छन्।

त्यसै गरी घोराही–६ मजुरेडाँडामा वुद्ध धर्मको आस्थाको केन्द्रको रुपमा परिचित नमः छुः वौद्ध गुम्वा रहेको छ भने

भालुवाङ, लमही घोराही तथा तुल्सीपुरमा ईस्लाम धर्म संग सम्वन्धित मस्जीदहरु पनि छन्।

यस जिल्लामा धार्मिक तथा सांस्कृतिक महत्वका निकै आकर्षक र वृहत्जात्रा एवं मेलाहरू पनि लाग्दछन्। ती

मेलाहरुमा पौष मसान्त देखी माघे संक्रान्ती सम्म घोराही–७ वाह्रकुने दह क्षेत्रमा लाग्ने ‘वाह्रकुने दह मेला’, माघे

संक्रान्तीमै लाग्ने सत्वरिया–८ मा रिहारमा लाग्ने रिहार मेला, फाल्गूण कृष्ण विजया एकादशीका दिन घोराही–४

अवस्थित शिद्धरत्ननाथ मन्दिर क्षेत्रमा लाग्ने पिरफिरे मेला वा पिर थापना मेला, कोजाग्रत पूर्णिमा र अघिल्लो रात

रामपुर–५ को काउले पानीमा लाग्ने काउले पानी मेला, शिवरात्रीका दिन धर्ना–१ पाण्डवेश्वर शिव मन्दिर क्षेत्रमा

लाग्ने धारपानी मेला, शिवरात्रीको समयमा हलवार–३, कालाखोलामा लाग्ने भोटे मेला प्रमुख मेलाहरु हुन । यी

वाहेक विभिन्न मठ मन्दिरमा धार्मिक पर्वका अवसरमा थुप्रै मेलाहरु लाग्ने गर्दछन्।

दाङमा थारु, क्षेत्री, व्राह्मण, मगर, दलित तथा यादवहरुको संस्कृति झल्कने नाचहरु वढी प्रचलनमा छन् । यी

नाचहरुमा थारुहरुको वर्का नाच, सख्या–पैया नाच, लट्ठा नाच, ढोलामा नाच, हुर्दुङ्ग्या नाच, महोट्या नाच,

झुमरा नाच प्रमुख नाच मानिन्छन् भने मगर समुदायका भुमेनाच, सेरिङ्ङे नाच, डाम्प्mया स्याई नाचका साथै

नेपाली भाषीहरुको सोरठी नाच, टप्पा नाच, बयलडाँरी, मामै नाच, सिंगारु नाच आदी नाचहरु प्रमुख नाच

मानिन्छन्।

सामाजिक सांस्कृतिक स्वरूप

अन्य जिल्लाहरु जस्तै यस दाङमा पनि विभिन्न प्रकारका जातजाती, धर्माबलम्वीहरुका र भाषाभाषीहरुको वसोवास

भएको पाइन्छ । वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँ यस जिल्लामा ६२ जातजातिहरुले

वसोवास गरेको पाईन्छ । यहाँका प्रमुख जातजातिहरु मध्ये थारुहरु सवै भन्दा धरै संख्यामा (२९.५१ प्रतिशत)

छन्। त्यस पछाडी धेरै संख्यामा रहेका जातजातिहरुमा क्रमशः क्षेत्री (२४.९० प्रतिशत), मगर (१३.५९ प्रतिशत),

व्राह्मण (१०.२४ प्रतिशत), कामी (६.३८ प्रतिशत), दमाई (२.६८ प्रतिशत), सन्यासी (२.३३ प्रतिशत) आदी रहेका

छन्। त्यसपछि क्रमश सार्की, कुमाल, यादब र ठकुरी रहेका छन्। बाकीको संख्या १ प्रतिशत भन्दा कम रहेको

छ ।

त्यसै गरी सोही जनगणना अनुसार यस जिल्लामा २१ प्रकारका भाषा–भाषीहरुको उपस्थिति रहेको छ । जसमध्ये

नेपाली भाषा मातृ भाषा हुने दुई तिहाई अर्थात (६६.५४ प्रतिशत) र त्यसपछि क्रमशः थारु (२८.१२ प्रतिशत),

अवधी १.८६ प्रतिशत र त्यसपछि क्रमश मगर, खाम, हिन्दी, उर्दु आदी भाषा मातृ भाषा मान्ने रहेका छन्। धर्मको

दृष्टिकोणले यस जिल्लामा हिन्दुहरुको व्यापक ठूलो वाहुल्यता रहेको पाईएको छ । यहाँ ९६.४६ प्रतिशत हिन्दु,

११.६३ प्रतिशत वौद्ध, १.३४ प्रतिशत क्रिश्चियन, ०.८६ प्रतिशत इस्लाम र बाकी प्रकृति र बराई धर्माबलम्वीहरु

रहेका छन्।

त्यसैगरी यस जिल्लाको साक्षरता दर ७०.३२ प्रतिशत (रा.ज.ग. २०६८) रहेको पाइएको छ भने प्राथमिक तहमा

सहजै देखिने भर्नादर र खुद भर्नादर क्रमशः ११४.२६ प्रतिशत र ९६.७ प्रतिशत रहेको पाइएको छ (फ्ल्यास रिपोर्ट

२०७० शिक्षा कार्यालय) । यहाँ ६०२ वटा विद्यालयहरु रहेका छन्। यस्तै ३१ वटा क्याम्पसहरु रहेका छन्। यी

मध्ये ८ बटामा स्नातकोत्तर र २८ बटामा स्नातक तहसम्मको अध्यापन हुदै आएको छ । सन् २०११ को

आकंडामा आधारित भै ग्ल्म्ए द्वारा प्रकासित मानव विकास सुचकांकमा दाङको सो सूचकको मान ०.५३७

रहेको छ । जुन २००४ मा ०.४०९ मात्र थियो । ।

 

अर्थतन्त्र

राष्ट्रिय जनगणना २०६८ अनुसार यस दाङ जिल्लाका दुई तिहाई घरपरिवार कृषि पेशामा संलग्न छन्। त्यसकारण

पनि दाङ जिल्लाको आर्थिक मेरुदण्ड मूलतः कृषि नै हो । हाल सम्म यो जिल्ला खाद्यान्न उत्पादनको तथाा

मागको दृष्टिकोणले आत्मनिर्भर मात्र नभै खाद्यान्न वचतको स्थितिमा छ । यस जिल्लामा गरिने कृषि कार्यभित्र पनि

अन्नबाली, नगदेबाली, फलपूmल खेती, मौरीपालन, कुखुरा पालन, पशुपालन र माछापालन उल्लेखनीय रहेका छन्।

मह, दूध, मासु मौसमी–बेमौसमी तरकारी उत्पादनका लागि यो जिल्ला मुलुककै अग्रणी जिल्लाहरूमध्ये पर्दछ

तापनि यहांको परम्परागत तथा पछौटे कृषि प्रणालीमा खासै सुधार आउन नसकेको स्थितिलाई सजिलै संग महसुस

गर्न सकिन्छ । यसका साथै कृषिका अतिरिक्त गैह्रकृषि व्यवशाय गर्ने परिवार पनि एक तिहाई बढी अर्थात ४१

प्रतिशत पुगेको छ । यसले यहाँका जनताहरु कृषिको अलावा अन्य व्यवशाय तर्फ पनि आकर्षित छन् भन्ने

दर्शाउछ । दङ्गाली जनताहरू सरकारी सेवा (निजामती, प्रहरी, शिक्षण, जंगी), व्यापार–व्यवसाय र वैदेशिक

रोजगारमा पनि सक्रिय रहेका भेटिन्छन्।

घोराही, तुलसीपुर र लमही जिल्लाका प्रमुख ब्यापारिक केन्द्रहरु हुन्। औद्योगिक गणना २०६४ अनुसार जिल्लामा

१० वा सो भन्दा धेरै कामदार भएका उत्पादनमूलक उद्योगहरू ५५ वटा रहेका थिए । त्यसैगरी २०६४÷६५ मा

शाखा तथ्यांक कार्यालय वाट लिइएको साना उत्पादनशिल उद्योगहरुको सूची अनुसार यहां ५८५ वटा साना

उत्पादनशिल उद्योगहरु संचालनमा थिए भने घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार २०६९÷०७० मा

दाङ जिल्लाभित्र उत्पादनमुलक तथा सेवामुलक गरी १५८७ वटा उद्योगहरु रहेका पाईएको छ । यसले दाङ अन्य

तराईका जिल्लाहरुको उद्योग तथा व्यापारका क्षेत्रमा भएको विकासको दाँजोमा अझै निकै पछाडि रहेको यथार्थलाई

इंगित गर्छ ।

यस जिल्लामा वित्तिय क्षेत्रको विकास हुन थालेको देखिन्छ । अहिले गाउँ गाउँमा वचत संकलनका उद्देश्यले थुप्रै

समुहहरु गठन भएका छन् । यसका साथै यस जिल्लमा सहकारी क्षेत्रको व्यापक विकास भैरहेको छ । आ.व.

२०६४÷६५मा यस जिल्लामा २२१ वटा सहकारी संस्थाहरु रहेकोमा ०६५÷६६ मा २९९ वटा, ०६६÷६७ मा ३४५

वटा र आव २०६९÷७० सम्म आईपुग्दा ५५९ बटा सहकारी संस्थाहरु संचालित छन् । त्यसैगरी २०६२ सालमा

यस जिल्लामा मात्र ६ वटा वैंकिङ्ग कारोवार गर्ने वैङ्कहरु रहेकोमा २०७० साल चैत्र मसान्त सम्ममा जिल्लामा ३०

भन्दा बढी बैकले ५० भन्दा बढी स्थानमा शाखा कार्यालय समेत राखेर बैकिङ कारोबार गरिरहेका छन् । वित्तिय

संस्थाहरुको सख्या जोडदा यो संख्या अझ धेरै हुन आउछ । यसका अलावा, जिल्लाको ग्रामिण तथा शहरी क्षेत्रमा

कृषि विकास वैंक, मध्यपश्चिम ग्रामिण विकास वैंक र निर्धन वैंक लगाएतका वैंकका शाखाहरु द्वारा गैरवैकिंङ्ग सेवा

प्रदान गरिरहेका छन् । यस वाट दाङ जिल्लामा वित्तिय सुविधाका दृष्टिकोणले विगत भन्दा निकै विकास भएको

स्थितिमा छ तर सो सुविधा जिल्लाको ग्रामिण तथा पहाडी क्षेत्रमा भने पुग्न नसकेको स्थिति विद्यमान छ ।

भौतिक पूर्वाधार 

भौतिक पूर्वाधार आफैमा विकासको अंग हुनुका अन्य सम्पुर्ण क्षेत्रको विकास गर्न सहयोग पु¥याउने आधार

मानिन्छ । जिल्लामा भौतिक पुर्वाधारको विकास सूचकको रुपमा लिइने सडकको सन्दर्भमा ७७ कि.मी. लामो पुर्व

पश्चिम राजमार्ग, ४७ कि.मी. लामो लमही तुल्सीपुर सडक, राप्ती राजमार्गको प्रस्थान विन्दु तथा महत्वपूर्ण भाग,

तुल्सीपुर सल्यान सडक (निर्माणाधिन) का साथै विभिन्न जिल्ला सडक समेत गरी ४७०० कि.मी. भन्दा वढी सडक

निर्माण हुनुका साथै यसको सञ्जाल सवै गा.वि.स.तथा न.पा.मा पुगेको छ । यहाँ ७८ वटा सिंचाई आयोजनाहरु

सम्मपन्न भैसकेको देखिन्छ, जसले जिल्लाको ३७७२६ हेक्टर भुमीमा सिंचाइ सुविधा उपलब्ध गराएको छ, जुन

जिल्लाको खेती गरिएको क्षेत्रफल मध्ये करिव ६० प्रतिशत हो । जिल्लाको एक गा.वि.स. वाहेक सवैमा विद्युतिकरण

भएको देखिन्छ भने विद्युतको उपभोगको सम्वन्धमा नेपाल विद्युत प्राधिकरणका करिव ६२,००० ग्राहकहरु

देखिन्छन्। यसका साथै १२ वटा एफ.एम. रेडियो स्टेशन, २ लाख ६० हजार भन्दा वढी टेलिफोन तथा मोवाइलको

वितरण भएको, सवै गा.वि.स मा स्वास्थ्य संस्थाको स्थापना तथा जिल्लामा १ उपक्षेत्रिय अस्पताल, १ अञ्चल

अस्पताल, २ आँखा अस्पताल, १ आयुर्वेद अस्पताल र अन्य ८ वटा निजी तथा सामुदायिक अस्पतालहरुको स्थापना

भएका छन् । त्यसैगरी ५० भन्दा वढी वैंकिङ्ग कारोवार गर्ने शाखाहरु हुनु, ६०२ भन्दा वढी विद्यालयका साथै

क्याम्पसहरुको ३१ वटा क्याम्पसको निर्माण हुनु का साथै खानेपानी तथा सरसफाइ तथा सिंचाई लगाएतका क्षेत्रको

विकास निरन्तर भइरहेको तथ्य स्पष्ट देख्न र महसुस गर्न सकिन्छ ।

स्रोत : जिविस दाङ

 


Skip to toolbar