पदाधिकारी

श्री कुलबहादुर जी.सी. graphic

श्री कुलबहादुर जी.सी.

स्थानिय विकास अधिकारी

पढ्नुहोस..

श्री वासुदेव आचार्य graphic

श्री वासुदेव आचार्य

योजना अनुगमन तथा प्रशासकीय अधिकृत

पढ्नुहोस..

दाङ जिल्लाको संक्षिप्त परिचय

- दाङ जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अंचलको विकासोन्मुख जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उतर प्रदेश, पूर्वमा प्यूठान, अर्घाखाची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्यूठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतह देखि २१३ मिटर उचाईबाट शुरु भइ २०५८ मिटर सम्म फैलिएको छ । यो जिल्ला ८२२" देखि ८२५" पूर्वि देशान्तर तथा २७‍३६ मिनट देखि २८‌११ उत्तरी अक्षांश बीच रहेको छ । जिल्लाको कूल क्षेत्रफल २९५५ वर्ग कि.मि. रहेको छ । यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० कि. मि. र उत्तर दक्षिण चौडाई ७२ किलोमिटर छ । यस जिल्लामा कूल ३१ गाउँ विकास समिति र ४ नगरपालिका छन् । यस जिल्लाको सबै भन्दा अग्लो उचाईमा रहेको ठाउँ हाँसीपुर गा.वि.स. अन्तर्गत पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाईमा रहेको छ । यस दाङ जिल्लाको सदरमुकाम घोराही ६७८ मिटर र तुल्सीपुर ६६३ मिटरको उचाईमा रहेको छ । स्रोत : जिविस दाङ
थप पढ्नुहोस्
Skip to toolbar